कानेपाेखरी । मोरङको कानेपोखरी–रङ्गेली सडकको दलेली बजारमा सोमबार टिफरको ठक्करबाट गम्भीर घाइते भएका रमेश दाहालको उपचारका क्रममा मङ्गलबार बिहान मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक मोहनविक्रम दाहालका अनुसार कानेपोखरी –२ दलेली बजारका ३५ वर्षीय रमेशको उपचारका क्रममा बिहान ८ः२० मा मृत्यु भएको हो । दाहालको झापा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको थियो । दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मोतीदान कन्ट्रक्सन प्रालिको बा.प्र ०३–००१क –०२७४ नम्बरको टिफरले मङ्गलबार बिहान साडे ८ बजेतिर दाहाललाई ठक्कर दिएको थियो । सडकमा हिडिरहने दाहाल फरक क्षमताका ब्यक्ति हुनुहुन्थ्यो ।






