पथरीशनिश्चरे÷मोरङको पथरीशनिश्चरे–१ का दुर्गाप्रसाद भट्टराईले नेपाली कांग्रेसको पथरीशनिश्चरे नगर सभापतिमा उमेद्वारी घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसले १५ औं महाधिवेशन अन्तर्गत असोज ७ गते नगर तथा गाउँ सभापतिको चयन गर्दैछ ।
१३ औं महाधिवेशनमा सचिवमा निर्वाचित भट्टराई नेपाली कांग्रेसका स्थायी कार्यकर्ता भित्र पर्नुहुन्छ । १४ औं महाधिवेशनमा पनि उहाँ सभापतिको आंकाक्षी हुनुहुन्थ्यो । तर,वडाबाट क्षेत्रीय प्रतिनिधिमा पराजित भएपछि उहाँ उमेद्वार बन्न सक्नु भएन । १५ औं महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि छनौट भएपछि भट्टराईले सभापतिको दाबी गर्नु भएको हो । एउटा चुनाब हार्दा पनि भट्टराई विचलित नभई पाट्टीले दिएको जिम्मेवारी पुरा गरिरहेको दाबी गर्नुहुन्छ । उहाँ पार्टीको नेतृत्वमा नभएपनि महेन्द्र राजमार्ग स्तरोन्नति गर्ने क्रममा पथरी बजार खण्डको डिपीआर परिवर्तन गर्न अगुवा भएर लाग्नुभयो । पथरी बजार चार लेनबाट छ लेनको बनाउनु पर्छ भन्ने अभियानमा भट्टराई सुरु देखि नै क्रियाशील हुनुहुन्थ्यो । भट्टराईलाई नागरिकको काम गर्न वा सामाजिक काम गर्न पद कहिल्यै चाहिएन । त्यसो त नेपाल जेसीजको ‘स्कुलिङ’बाट आउनु भएका भट्टराई प्रष्ट बिचार राख्न सक्ने कार्यकर्ता भित्र पर्नुहुन्छ ।
‘ क्षेत्रीय प्रतिनिधि सर्वसम्मत गर्न सबैले साथीहरूले त्याग गर्नुभयो । अबको नेतृत्व छनौटमा नेताहरूले हस्तक्षेप हुनुहुन्न ।’भट्टराईले पार्टीका तत्कालिन महामन्त्री गगन थापाले विशेष महाधिवेशन आब्हान गर्दा समर्थन जनाउनु भयो । युवाले नेतृत्व र अग्रजल मार्गनिर्देशने गर्नुपर्छ भन्ने आदर्शलाई पच्छ्याइ रहनु भएका भट्टराई भन्नुहुन्छ –र्‘एउटा चुनाब हार्दैमा कांग्रेस सकिदैन । हामी उठ्न सक्छौं । उठाउने दायित्व युवाको हो । ’ पथरीशनिश्चरेमा कांग्रेस उठाउन सक्छु भनेर उमेद्वारी घोषणा गर्नु भएका भट्टराई पार्टीमा भीड बटुलेर फुलेको देखाउने भन्दा बफादार कार्यकर्तालाई समेट्नु पर्नेमा जोडदिनुहुन्छ । भट्टराईले भन्नुभयो –‘ गत संसदीय निर्वाचनमा कुनै वडामा क्रियाशील सदस्य भन्दा कम मत पार्टीले पायो ।’चार वर्ष ३६४ दिन कांग्रेस भएर मतदानका दिन अन्यत्र मत जाहेर गर्ने कांग्रेस पार्टीका लागि घातक हुन्छ । त्यसैले ‘मासवेस’ पार्टीको आवरणमा भीड बटुलेर केही नहुने उहाँको भनाई छ ।
भट्टराई नेपालको राजनीतिमा कांग्रेसको विकल्प कुनै दलले दिन नसक्ने दाबी गर्नुहुन्छ, उहाँले भन्नुभयो –‘ नेपालको हरेक प्रजातान्त्रिक आन्दोलनको नेतृत्व कांग्रेसले ग¥यो । तर, कुनै आन्दोलनको नेतृत्व नगरेको राजनीतिक शक्तिले आज शासन गर्दा कुटनीतिक सम्बन्धमा समस्या आएको छ । उहाँले कांग्रेस भित्रको आन्तरिक मतभेद समाप्त गरी आफ्नो नीतिको नेतृत्व कांग्रेसले लिन सके राजनीतक समस्या समाधान तर्फ जानेछ ।






