उर्लाबारी,२८ असाेज । भुसन सुब्बाको एक गोलले ब्रदर्स युनाइटेड उर्लाबारी माेरङकाे उर्लाबारीस्थित आम्बारीमा जारी खुल्ला नकाउट फुलबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।
आइतबार भएको फुटबल खेलमा रियल स्टार फुटबल क्लबलाई १-०गोल अन्तरले हराउँदै ब्रदर्स युनाइटेड उर्लाबारी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको १० मिनेटमा भुसनले गरेको गोल नै खेलकाे निर्णायक बन्याे । खेलको म्यान अफ द म्याच निर्णायक गाेलकर्ता ब्रदर्स युनाइटेड उर्लाबारीका भुसन सुब्बा घोषित भए। भोलि सोमबारको खेल आयोजक आम्बारी स्पाेटिङ क्लब र गोर्खा एमएफसि मंगलबारे बिच हुने आयोजक टिमका उपाध्यक्ष सन्तोस लुङ्फुङवाले जानकारी दिए ।






