Latest Post

महोत्तरीको जलेश्वरमा रिपोर्टिङ गर्न गएका पत्रकार दिवाकर शाहमाथि कुटपिट भएको छ। पूर्वाधार विकास कार्यालयको अनियमितता देखाउन खोज्दा उनलाई कुटपिट गरियो र क्यामेरा खोसियो।

दिवाकर शाह तराईका विभिन्न ठाउँमा पुगेर समस्या र विकृतिबारे रिपोर्टिङ गर्दै आएका छन। जोखिम मोलेर पनि उहाँले सत्य बोल्न छाडेका छैनन्।

उनको साहसिक कामको धेरैले समर्थन गरेका छन्। अहिले सामाजिक सञ्जालमा दोषीलाई कारवाहीको माग हुँदैछ। सम्बन्धित निकायले पनि यस घटनालाई गम्भीर रूपमा लिन जरुरी देखियेको छ।