लेटाङ २६ असोज । सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूकी आमाको निधन भएको छ । उहाँकी आमा हंशनुमा लिम्बूको शुक्रबार बिहान ५ बजे मोरङको लेटाङ–६ गुवाबारी स्थित आफ्नै घरमा मृत्यु भएको हो । उहाँ ९९ वर्षको हुनुहुन्थ्यो ।
लिम्बूका ७ छोरा र ५ छोरी रहेका छन् । कान्छा छोरा मन्त्री लिम्बूसँगै बस्दै आउनु भएकी हंशनुमाको शुक्रबार दिउँसो आफ्नै जातीय परम्परा अनुसार अत्यष्ठी गरिने भएको छ ।
मोरङ–१ बाट प्रतिनिधि सभामा निर्वाचित लिम्बू नेपाली काङ्ग्रेस मोरङको सभापति समेत हुनुहुन्छ ।






