Latest Post

काठमाडौं । लामो समयदेखि सामाजिक सेवा, व्यवसाय र नेपाली कांग्रेसको राजनीतिमा सक्रिय विनोद कार्कीले पार्टीको १५औँ महाधिवेशनमा खस आर्य क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ। मोरङको पथरी शनिश्चरे नगरपालिका–६ स्थायी घर भएका कार्कीले सामाजिक सेवाबाट प्राप्त अनुभवलाई पार्टी र देशको हितमा उपयोग गर्ने उद्देश्य रहेको बताउनुभएको छ।

कार्कीले देशभरका विभिन्न स्थानमा मन्दिर, धर्मशाला र विद्यालय निर्माणका लागि सहयोग गर्दै आउनुभएको छ। समस्यामा परेका व्यक्ति तथा समुदायलाई सहयोग गर्ने गतिविधिमा सक्रिय उहाँले सामाजिक उत्तरदायित्वलाई राजनीतिक जिम्मेवारीसँग जोड्नुपर्ने धारणा राख्नुभएको छ।

काम गर्ने हुटहुटी, पद र कमाइको मोह होइन

 

कार्कीले आफू राजनीतिमा कमाउन वा यसलाई पेसा बनाउन नआएको स्पष्ट पार्नुभएको छ। “म कसैले दिन्छ र खाउँला, घर बनाउँला, छोराछोरी पालौँला भन्ने सोचले राजनीतिमा आएको होइन। मसँग काम गर्ने हुटहुटी छ। सामाजिक सेवाबाट सिकेको अनुभवलाई देश र समाजको हितमा लगाउन चाहन्छु,” उहाँको भनाइ छ।

राजनीतिमा युवाको ऊर्जा, सिर्जनशीलता र नयाँ सोचलाई उचित स्थान दिनुपर्नेमा जोड दिँदै कार्कीले पार्टी संगठनलाई जनतासँग अझ नजिक बनाउन आफूले भूमिका खेल्ने बताउनुभएको छ।

केन्द्रीय सदस्यमा निर्वाचित भए संगठन सुदृढीकरण, युवाको सहभागिता र जनताका समस्या सम्बोधन गर्ने काममा सक्रिय रहने उहाँको प्रतिबद्धता छ। सामाजिक क्षेत्रमा गरेको योगदान र राजनीतिक सक्रियतालाई आधार बनाएर महाधिवेशन प्रतिनिधिसँग संवाद गरिरहनुभएका कार्की जित नजिक रहेकाे महाधिवेशन प्रतिनिधिहरू बताउछन् ।